बुधवार, कार्तिक ५ गते २०८३

संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

मंगलवार , माघ १०, २०७९

काठमाडौं। नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।

उनी इलामका प्रेमप्रसाद आचार्य हुन्। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले के कारणले आत्मदाह गरेको हो, अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार