मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्रपतिको अश्विकार पछि सर्वोच्चमै लिए महान्याधिवक्ता खातीले सपथ

शुक्रवार , श्रावण १, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितीमा सपथ गराउन अश्विकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमै शपथ लिएका छन् । 

सर्वोच्च अदालतमा एक समारोहबीच शुक्रबार खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ लिएपछि खातीले महान्यायाधिवक्ता कार्यालय रामशाहपथ पुगेर पदभार ग्रहण गरेका छन् ।

महान्यायाधिवक्तालाई शपथ ग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भइनन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार