बुधवार, कार्तिक ५ गते २०८३

प्रेमप्रसाद मृत्यु प्रकरणमा तोसिमाकाे प्रष्टाेक्ति: भिडियाे मैले खिचेकाे हाेइन, मृत्युमाथि राजनीति नगरौं

शुक्रवार , माघ १३, २०७९

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रेमप्रसाद मृत्यु प्रकरणमा प्रष्टीकरण दिएकी छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जालमार्फल प्रष्टीकरण दिएकि हुन्।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताउदै ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न आग्रह समेत गरिन् ।

उनले फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्याहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।  अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार