बुधवार, कार्तिक ५ गते २०८३

भ्रष्टाचार हुने देशहरूमध्ये नेपाल ११०औँ स्थानमा

मंगलवार , माघ १७, २०७९

काठमाडौं। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १ सय १०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)-२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल १ सय १० औँ स्थानमा परेको हो ।

सन् २०२१ मा नेपाल ३३ अङ्कका साथ १ सय १७औँ स्थानमा थियो ।अङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त हुने देशहरुको श्रेणीमै कायम छ ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अङ्क पाएर २५औँ स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा अफगानिस्तान परेको छ ।यस्तै, विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १ सय ८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार डेनमार्कले ९० अङ्क पाएको छ । यस्तै, १२ अङ्क पाएको सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले २८ वर्षदेखि सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार