मंगलवार, कार्तिक ११ गते २०८३

गाई काटेको अभियोगमा दुईजना पक्राउ

शनिवार , श्रावण २, २०७८

काठमाडौं। खुवासभाको खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनले बताए। 

प्रहरीले तामाङको घरबाट ३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार