काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेलको गति परीक्षण गरिने भएको छ ।
रेल संचालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गर्ने काम आजबाट हुने भएकोले त्यस रेलको ट्रयाक वरपर पशु चौपाया र बालबच्च नछोड्न आगह्र गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिन लागेको जानकारी दिए। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकोले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।
त्यसैले आज रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई भैंसी चौपाया, साइकल मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको सुचनामा जनाइएको छ ।
उनले परीक्षणको क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने पनि जानकारी दिएका छन् । परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने उनले चेतावनी दिएका छन् ।