बुधवार, कार्तिक ५ गते २०८३

सन्दीपलाई बन्द प्रशिक्षणमा सामेल गराएको भन्दै क्यान विरुद्ध आन्दोलन

शनिवार , माघ २१, २०७९

क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गराएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । क्रिकेट समर्थकहरुले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध प्रदर्शन गरेका हुन् । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी-ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै क्रिकेट समर्थकहरुले क्यानविरुद्ध प्रदर्शन गरेको हो ।

सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गरेको हो ।  

सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भईसकेका छन् ।   अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अनुमति दिएपछि सन्दीपलाई टिममा सामेल गरिएको क्यानले भनाई छ । क्यानको निणर्यविरुद्ध समर्थकले सामाजिक सञ्जालमा ’बाइकट क्यान’ अभियान समेत चलाएको छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार