बुधवार, कार्तिक ५ गते २०८३

चुडामणि शर्माविरुद्धका तीन मुद्धामा साक्षी बुझ्ने आदेश 

मंगलवार , माघ २४, २०७९

काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा दर्ता रहेका भ्रष्टाचारसँग सम्बन्धित तीनवटा मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।

मुद्दा दर्ता भएको झन्डै साढे ५ वर्षपछि न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार उक्त आदेश दिएको हो ।

शर्मा विरुद्ध  १० अर्बभन्दा बढीको बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । २०७४ माघ १५ गते अकुत सम्पत्ति आर्जन गरेको भन्दै शर्मा र उनकी श्रीमती कल्पनाविरुद्ध पनि विशेष अदालतमा अर्को मुद्दा दर्ता भएको थियो । २०७८ असार ९ गते शर्मा, महत र ढकालविरुद्ध राजस्व चुहावटमा करिब एक अर्ब ३३ करोड बिगो दाबी गर्दै अर्को मुद्दा दायर भएको थियो ।

कर छुटका नाममा व्यापारीसँग लाभ लिएर मिनाहा गरेको शर्मामाथि आरोप लागेको छ । कर फछ्र्योट आयोगका पदाधिकारी रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध विषेश अदालतमा मुद्धा दर्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार