काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई कुटेपछि चिकित्सकहरू आन्दोलित बनेका छन् । नेपाल चिकित्सक संघले आज वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो
। संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका अन्य सम्पूणर् सेवाहरू बन्द गर्ने निणर्य गरेको छ ।सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूणर् स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूणर् सेवाहरू बन्द गर्ने निणर्य भएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।
नागरिकलाई सास्ती दिने सवारीका नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको संघले बताएको छ ।
यसैबीच, डा. सिंहमाथि कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेललाई गुरुङलाई निलम्बन गरिएको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा. सिंहमाथी हातपात गरेका थिए ।