सोमवार, कार्तिक १० गते २०८३

अस्पतालबाटै खनालले गरे देउवालाई समर्थन, पक्षमा मत दिन आव्हान

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो मत रहेको बताएका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गर्दै एमाले साँसदहरुलाई देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन् ।

विज्ञप्तिमा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरिएको छ ।

साथै उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।’  आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने धारणा राखेका छन् । 

bigepti-from-jhala-nath-khanal-1.jpgbigepti-from-jhala-nath-khanal-2.jpgbigepti-from-jhala-nath-khanal-3.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार