काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । एकतानगरकी ८२ वर्षीया साउनी कार्कीलाई मृतावस्थामा आज फेला परेको प्रहरीले जनाएको छ।
घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए।