सोमवार, कार्तिक १० गते २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । तत्कालिन सरकारको सिफारिसमा जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खुलाउन तत्कालिन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार