काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
कांग्रेसले आफ्ना सांसदलाई सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।
गृहमन्त्री तथा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले समयमै संसद् भवनमा उपस्थित भएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको जानकारी दिए ।
यसैविच नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट विश्वासको मत दिनेमा ढुक्क रहेको निष्कर्ष कांग्रेसले निकालेको छ ।