सोमवार, कार्तिक १० गते २०८३

शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम असफल भयो : सभामुख सापकोटा

आइतवार , श्रावण ३, २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताएका छन् ।

पुनःस्थापित संसद्को आइतबार बसेको पहिलो बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको कदम असफल भएको उल्लेख गरेका हुन् । 

सभामुख सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएकोमा सम्पूर्ण माननीय सदस्यहरुलाई बधाई दिँदै स्वागत गरे । 

सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएको हो । सभामुख सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको समेत बताएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार