सोमवार, कार्तिक १० गते २०८३

जनकपुर-जयनगर रेल्वे ट्रयाक गति परीक्षण गरियो

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाक गति परीक्षण र सर्टिफिकेसनको काम सम्पन्न गरिएको छ ।
आइतवार दिउँसो जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेसनको का गरिएको हो ।

स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले भारतीय डब्लु डिएम थ्रीडी नामको इन्जिन तथा दुई वटा मालबाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए । 

स्पिड चेकको क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाक सम्बन्धी ज्ञात नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको बताए । 

रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आज गरिएको परीक्षण सफल भएको बताए। उनले रेल ट्रयाकमा कहीँ कतै कुनै समस्या नदेखिएको जनाए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार