सोमवार, कार्तिक १० गते २०८३

पधानमन्त्री देउवाले मागे विश्वासको मत

जसपा ठाकुर समुहले पनि मत दिने भएपछि विश्वासको मत पाउने लगभग पक्का

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । उनले प्रतिनिधिसभाको दोस्रो बैठकमा कार्यसुची अनुसार विश्वासको मत मागेका हुन् ।

सर्वोच्चको आदेश अनुसार विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति समेत रहेका शेर बहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको १ महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । 

उनलाई हालसम्म उनका आफ्नै दल नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्ष तथा एमालेको माधव नेपाल समुहका  केहीले विश्वासको मत दिने पक्का गरेका छन् ।  

अन्तिम समयमा आएर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार