काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशका साझा चुनौती सामना गर्न सबै दलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने उनले बताए । प्रतिनिधि सभामा आइतबार दलहरुसँग विश्वासको मत माग्दै देउवाले देशको साझा चुनौतीको सामना गर्न सबै दलसँग आफू सहकार्य र समन्वय गर्न तयार रहेको बताएका हुन् ।
बहुदलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि आफू जनताको माग पूरा गर्न केन्द्रित रहने उनले प्रतिवद्धता जनाए ।