सोमवार, कार्तिक १० गते २०८३

१६५ मत सहित पाए देउवाले विश्वासको मत 

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।


मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् । त्यस्तै नेकपा एमाले ओली समुहका ४ सांसदले पनि उनलाइृ मत दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार