काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् ।
आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।