काठमाडौं। तीव्र गतिमा हावा चलेका कारण काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या आएको छ ।
जहाज आएकै दिशाबाट तीव्र गतिमा बहेको हावाका कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले ओभरसुट गर्नुपरेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यी दुई जहाज अवतरण गर्न नसकी पुनः आकाशमै फर्काइएको छ । सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन् ।
तर, गति १५ नट्सभन्दा माथि भएपछि जहाज ओभरसुट गर्नु परेको हो । यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन् । चाप सामान्य भएपछि अवतरण गराइने कार्यालयले जनाएको छ।