सोमवार, कार्तिक १० गते २०८३

चट्याङ लागेर खेतमा काम गरीरहेका २ महिलाको मृत्यु

आइतवार , श्रावण ३, २०७८

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका ३ बगाहामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै जना घाइते भएका थिए । उनिहरुको उपचारका क्रममा जिल्ला अस्पताल  गाईघाटमा मृत्यु भएको हो ।

वर्षासँगै परेको चट्याङले बगहाका स्थानीय ३९ वर्षीय ललिता सदा र ठाडी बस्ने ३० वर्षीय फूलकुमारी सदाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार