काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसीरहेको छ । केहीबेर अघी ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी ह्वीप विपरीत केही सांसदले विश्वासको मत दिएको विषयमा समीक्षा हुने बताइएको छ ।
हिजो देउवालाई एमाले अध्यक्ष ओली पक्षका ८ र वरिष्ठ नेता नेपाल पक्षका १४ जना सांसदले विश्वासको मत दिएका थिए । आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गर्नेहरु एमालेमा नरहने निर्णय गरेको थियो ।
तर‚ सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयन हुँदा ह्वीप नलाग्ने र पार्टी ह्वीप नजान्नेलाई कारबाही हुन नसक्ने फैसला सुनाइएको छ ।