सोमवार, कार्तिक १० गते २०८३

माधव नेपालले हप्काएर भीम रावलले राजीनामा दिए : ओली

राजीनामा फिर्ता लिन आग्रह

सोमवार , श्रावण ४, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको भन्दै राजीनामा फिर्ता लिन आग्रह गरे ।

ओली सल्लाह नैनगरीराजीनामा दिएको भन्दै पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको आरोप लगाए ।

‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए’, ओलीको भनाइ थियो ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

एमाले विवाद समाधानका लागी सक्रिय रहेका नेता रावलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनुअघी नै साँसद पदबाट  राजीनामा दिएका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार