काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै विभिन्न ५ बुँदेमाग राखेका गरेका छन् ।
केसीले सार्वजनिक गरेका मागमा इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्नुपर्ने, चिकित्सा शिक्षा ऐनको प्रावधान सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने माग गरेका छन् ।
त्यस्तै उनले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धमक्याउने र नाजायज फाइदा लिन खोज्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग पनि गरेका छन् ।