काठमाडौं । प्युठानको माडी नदीमा बगेर दुईजना बालिका बेपत्ता भएका छन् । नदीको किनारमा बाख्रा चराउन गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो । उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो ।
बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका–४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।
मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका आठजना प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी गरीरहेको छ ।