सोमवार, कार्तिक १० गते २०८३

किन बढाइयो प्रचण्ड र माधव नेपालको सुरक्षा ?

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा बढाइएको छ ।
त्यो पनि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षा बढाइएको हो । प्रचण्डको सुरक्षाको लागी प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाउन थालिएको छ । हाल डीएसपी विनोद घिमिरेलाई सुरक्षामा खटाइएको छ ।

कार्यविधिले प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था गरेको छ । तर सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय भएको जनाइएको छ ।

यसैबीच, नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो । 

भीआईपी सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई घरेलु काममा प्रयोग गरिएकाले विकृति बढेको भन्दै रामबहादुर थापा ‘बादल’को कार्यकालमा गृह मन्त्रालयले भीआईपी सुरक्षा मापदण्ड बनाएको थियो ।

त्यसअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार