सोमवार, कार्तिक १० गते २०८३

महामारी नरोकिए कांग्रेस महाधिवेशनमा डिजिटल भोटिङ हुने

मंगलवार , श्रावण ५, २०७८

काठमाडौँ । कोरोना महामारी नरोकिए नेपाली कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङ गरिने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले यस्तो व्यवस्था गरेको हो ।

विभागले आगामी दिनहरुमा समेत प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरी डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिएको जनाएको छ । 

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशा भएपनि महाधिवेशन निश्चितताका लागी ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाएको छ ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।

डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजनासमेत बैठकले तय गरेको छ । साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको विभागका सचिव दिनेश थापा मगरले विज्ञप्तिमा जारी गरी जानकारी दिएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार