सोमवार, कार्तिक १० गते २०८३

कैलालीमा प्रहरी र स्थानीयबीच झडप हुँदा १२ प्रहरी घाइते

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । कैलालीमा प्हरी र स्थानियबासी बीच झडप हुँदा १२ प्रहरी घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको हो ।

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताए ।

हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।
उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २ को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार