काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहार गरी वृद्धको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी आफ्नै घरमा कामदारको रुपमा बस्दै आएका ४५ वर्षीय किसन सदाको खुकरी प्रहारबाट ६५ वर्षीय मोहिकर चौधरीको मेत्यु भएको हो । हत्यामा संलग्न किसन सदा त्रियुगा–१३ निवासी रहेका छन् ।
प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य शुरु गरेको छ । हत्यामा सदालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।