सोमवार, कार्तिक १० गते २०८३

चिनबाट खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाने

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिन आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । 
निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ । 

यसअघि असार ३१ गतेनै चीन जाने भने पनि चिनले आन्तरिक तयारी नपुगेको भन्दै जहाजको तालिका परिवर्तन गरेर आजदेखी खोप नियमित रुपमा ल्याइने जनाइएको थियो । चीन सरकारसँग नेपाल सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन लागेको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार