काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज अपरान्ह भेट्दैछन् ।
विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने भनिएको छ । विप्लवले यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटीसकेका छन् ।