सोमवार, कार्तिक १० गते २०८३

बाघको छालासहित दुई पक्राउ    

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । बाघको छाला बोकी हिडेका दुई जना पक्राउ परेका छन् । जाजरकोटको भेरी नगरपालिका ९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।     
     
अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका ३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा फेला परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार