सोमवार, कार्तिक १० गते २०८३

एसएसपी राणासहित तीन अधिकृत बढुवाको सिफारिस

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई बढुवा गर्न सिफारिस गरेको हो ।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि रिक्त दरबन्दीमा राणालाई बढुवा सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी उपरीक्षक छायाँ देवी गुरुङलाई प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ ।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी बरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिए।

त्यस्तै, सोही अस्पतालमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । 

(एसएसपी) राणा भने एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । उनि सुनसरी जिल्ला अदालतबाट हाजिरी जमानीमा छुटेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार