मंगलवार, कार्तिक ११ गते २०८३
उपत्यकाको निषेधाज्ञाः

सार्वजनिक यातायातको जोर विजोरमा छलफल हुँदै

माइक्रो बस र टेम्पो सञ्चालन होलान त ?

आइतवार , आषाढ २०, २०७८

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ ।

यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने या कायम राख्ने विषयमा छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइृले शैली न्युजलाई जानकारी दिए।

उनकाअनुसार माइक्रो बस र टेम्पो सञ्चालन गर्न दिने या नदिने विषयमा पनि छलफल हुने छ । ‘आज ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बस्दैछौँ। सार्वजनिक यातायातमा रहेको जोर विरोज हटाएर सबै चल्न दिने या पुरानैलाई कायम राख्ने भन्ने विषयमा छलफल हुन्छ। माइक्रो र टेपको विषयामा पनि छलफल गर्छौ।’ उनले शैली न्युजलाई भने।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार