काठमाडौं । धनकुटामा सडकमा बस पल्टिदा ९ जना गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको हिले भोजपुर सडकखण्डको धनकुटाको पञ्चेमा आइतबार दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइँदै गरेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए ।
झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटनामा परेको हो । अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।