बिहिवार, आश्विन १५ गते २०८३

भारतको यूपीमा बस र ट्रक ठोक्किँदा १८ जनाको मृत्यु

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा निकै भयानक सडक दुर्घटना हुँदा१८ जनाको ज्यान गएको छ । कयौं मानिस घाइते रहेका भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । पछिल्लो दुर्घटना उत्तर प्रदेशको बाराबंकी क्षेत्रमा भएको हो ।

हरियाणाको पलवलबाट बिहारतर्फ जाँदै गरेको बसलाई मध्यरातमा ट्रकले ठक्कर दिएको जनाइएको छ । बसमा १४० यात्री सवार रहेको खुलेको छ। घटनास्थलमै १८ जनाको ज्यान गएको हो । यात्रीमध्ये अधिकांश हरियाणामा मजदुरी गर्ने बिहारका बासिन्दा रहेको समाचारमा जनाइएको छ ।

बाराबंकीका एसपी यमुना प्रसादले प्राविधिक समस्या देखिएपछि रोकिएको बसलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको बताएका छन् । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारार्थ बाराबंकी र लखनउस्थित ट्रमा सेन्टर लगिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार