काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जातिय विभद गरेको आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।
जातका कारण बबरमहलकी घरबेटी सरस्वती प्रधान ले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।