मंगलवार, कार्तिक ११ गते २०८३

प्रतिनिधिसभा विघटन: ४५ दिनपछि बहस सकिँदै

सोमवार , आषाढ २१, २०७८

काठमाडौं। दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको ४५ दिनपछि आज सबै बहस सकिँदै छ।

आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ। जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ।

रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन्। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। आज सम्पूर्ण बहस सकिने सर्वोच्च स्रोतले जनाएको छ। 

 प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरेका थिए। गत जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेर, राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई सदर गर्दै राति १ बजे संसद विघटन गर्दै चुनावको घोषणा गरिन्। 

यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए। तर सर्वोच्च अदालतले ६६ दिन पछि फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार