शुक्रवार, कार्तिक ७ गते २०८३

तुइन काटेर नेपाली वेपत्ता घटनामा भारतीय पक्षल गर्यो एसएसबीको संलग्नता अश्विकार 

शनिवार , श्रावण १६, २०७८

काठमाडौं । दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा सीमा सुरक्षा बल (एसएसबी)को नरहेको बताएका छन् । 

भारतले भने तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको बताएको छ । दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन् ।

उनले पिथौरागढका जिल्ला अधिकारीले एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराएको बताइन् । भारत नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको पनि नेपाललाई जानकारी गराएको छ । 

ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार तुइन तर्नेक्रममा महाकालीमा खसेर बेपत्ता भएका थिए । एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको प्रत्यक्षदर्शी तथा आफन्तले बताएका छन् ।

धामीका आफन्तले भने एसएसबीले तुइन काटेकै कारणले उनी नदीमा खसेको भन्दै भारतीय प्रहरी चौकी र नेपाली प्रहरी चौकीमा उजुरी दिएका छन् । धामीका आफन्तले एसएसबीविरुद्ध तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन् ।

घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीमा उजुरी दिएका हुन् । घटनाको नेपालमा सर्वत्र विरोध भैरहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार