बुधवार, आश्विन १४ गते २०८३

अमेरिकी सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु

सोमवार , कार्तिक २७, २०८०

पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो।

सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ। गत महिना अमेरिकाले दुईवटा विमान बाहक युद्धपोत तथा लडाकु जेट भूमध्य सागरमा परिचालन गरेको थियो।

इजरायल र गाजाबीच संघर्ष जारी रहँदा अमेरिकाले आफ्नो ठूलो सैन्य शक्ति भूमध्ये सागरमा परिचालन गरेको अनुमान गरिएको छ।

विशेषगरी अमेरिका गाजा संघर्षमा लेबनानको हिजबुल्लाह समूहलाई रोक्न सचेत देखिएको छ। यो समूहलाई इरानको समर्थन छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार