काठमाडौं । एमसिसी र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुलामा तुइन काटेर जयसिंह वेपत्ता भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरुले एमसिसी खारेजको माग गरेका छन् । यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाको सत्यतथ्य छानविन गरी दोशीलाई कारवाहीको माग गरेका छन् ।