सोमवार, कार्तिक १० गते २०८३

सशस्त्र प्रहरीको हेडक्वार्टरभित्रै प्रहरी जवान मृत फेला

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका-१ स्थित हेडक्वार्टर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।

कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक पानी जमेको स्थानमा उनको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार