बिहिवार, आश्विन १५ गते २०८३

यूएईले हटायो नेपालसहित ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध 

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कोभिड-१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो ।

यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन् ।
यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत सन्देश जारी गरी यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवासीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने जनाएको छ । 

तर, उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ । मुलुकमा कार्यरत चिकित्सक, नर्स, खोप नलगाएका प्राविधिक लगायतलाई भने यो समूहमा राखिएको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार