बुधवार, आश्विन १४ गते २०८३

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो ।

आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशहरूले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन् ।

अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए । यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशहरूमा यात्रा गरेमा पक्राउ पर्ने छन् । अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार