बुधवार, आश्विन १४ गते २०८३

नेतान्याहुमाथी घुसखाेरी र भ्रष्टचारकाे आरोप

बुधवार , मंसिर २६, २०८१

तेलअभिभ - भ्रष्टचारको अभियोग लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अदालतमा उपस्थित भएका छन् ।

नेतन्याहुले आफ्नो लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा मंगलबार पहिलो पटक बयान दिएका छन । ७५ वर्षीय नेतान्याहु इजरायलका पहिलो वर्तमान प्रधानमन्त्री हुन्, जसलाई अपराधको अभियोग लगाइएको छ। 

तर, उनले ‘आफ्नो डरलाग्दो सुरक्षा नीति लिए पछि हमला भएको’ प्रारम्भिक बयान दिएको जनाइएको छ । इजरायल गाजामा युद्धमा संलग्न रहेको र सिरियालगायत क्षेत्रीय उथलपुथलबाट उत्पन्न सम्भावित नयाँ खतराहरूको सामना गरिरहेको बेला उनलाइ अदालतमा उभ्याइएको हो । 

गत हप्ता न्यायाधीशहरूले फैसला गरेका थिए कि सन २०१९ मा लगाइएको अभियोग माथी नेतान्याहूले अब हप्तामा तीन पटक बयान दिनैपर्छ भन्ने आदेश दिएको थियो ।

लामो समयदेखि इजरायली नेतालाई अदालतबाट बाहिर रहेको भन्दै उनलाइ बयानका लागि बोलाउन थालिएको हो । इजरायलको रक्षा मन्त्रालयले अदालत र युद्ध कोठाको बीचमा झगडा गर्न बाध्य पारेको बिश्लेषण गरेको छ । इजरायली मिडियामा पत्रकारहरूले नेतान्याहुले गरेको भ्रष्टचारका बारेमा वर्षौंदेखी लेखेको भए पनि उनी माथी मुद्दा अगाडी नबढाएको भन्दै बिपक्षीहरूले आलोचना गर्दै आएका थिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार