सोमवार, कार्तिक १० गते २०८३
कोरोना अपडेट

२४ घण्टामा २६२२ जना संक्रमित थपिए, २३ जनाको मृत्यु

सोमवार , आषाढ २१, २०७८

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ६२२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमूनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।     
हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्तभई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित संक्रमणमुक्त भएका छन् । 

हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेशनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेशनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियू र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४.६ रहेको छ ।        

त्यस्तै पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।     
काठमाडौँ उपत्यकामा ५६२ सङ्क्रमित     
     
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ५६२ काठमाडौं उपत्यकाका हुन् । सोमा काठमाडौँका ३७८, ललितपुरका १२४ र भक्तपुरका ६० जना छन् ।     
     

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार