मंगलवार, आश्विन २७ गते २०८३

रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई दियो ठक्कर

आइतवार , माघ २७, २०८१

काठमाडौं । काठमाडौंको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो ।

ट्राफिक प्रहरीका अनुसार रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको बताएका छन् । मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भइसकेको प्रहरीले बताएका ।

मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार