काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या समाधान गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन् । उनले सबै जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए ।
राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए । गौतमले घरबारविहीन २० लाखलाई दिने जग्गा नभएको दाबी गरे । जमिन बाँडेर सुकुमबासी र भूमिहीन समस्या समाधान नहुने उनको भनाइ छ ।