आइतवार, कार्तिक ९ गते २०८३

भुमि समस्या समाधान आयोग खारेजी निर्णयबिरुद्ध देवी ज्ञवालीको रिट

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।  आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन् ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले ज्ञवालीसहित आइतबार थप दुई रिट दायर भएको जानकारी दिए । आयोग खारेजीविरुद्ध शुक्रबार दुई वटा रिट दायर भएका थिए । आयोग खारेजसम्बन्धि पाँच वटा रिट दायर भएका थिए । सबैरिट एउटै ठाँउमा राखेर सुनुवाइ गर्न भोलि पेशी तोएिको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार