एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकालाई उसका ‘गलत कदमहरू’ सच्याउन आग्रह गरेको छ ।
“आफ्नो शून्य–योग मानसिकता त्याग्न, आफ्ना गलत कामहरू सच्याउन, बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा फर्कन र अन्य देशहरूसँग समान स्तरमा परामर्शको माध्यमबाट सम्बन्धित चिन्ताहरू सम्बोधन गर्न काम गर्न चीनले अमेरिकासँग आग्रह गर्दछ,” चिनियाँ वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने ।
स्टिल र आलुमनियमको आयातमा अमेरिकी कर वृद्धिबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता हे योङकियानले नियमित पत्रकार सम्मेलनमा उक्त भनाइ राखेका हुन् ।